यो लेख मेरो वेबसाईट मा प्रकाशित हुने बेला मैले बेलायत को आकाश छोडि सकेको हुने छु।

कुल २२३४ दिन बेलायत बसेर आज म साथी अरुण र उर्मिला सगै सधैंका नेपाल फर्किदै छु। आफ्नो देश फर्किन पाउदा निकै खुशी लागेको छ तर जाने बेला मा चाहेर पनि साथी भाई इस्ट मित्र सँग भेट गर्न नपाउदा दु:ख पनि। यहाँ बस्दा धेरै कुरा देख्न र सिक्ने मौका पाए त्यसै मै खुशी छु। मास्टर्स सम्म को पढाई पनि सके, यो भन्दा ठुलो उपलब्धी भने केही भएन।

२००९ साल मा म बेलायत आएको थिए, सुरु सुरु मा त यो ठाउँ देखेर दिक्क पनि लाग्थियो, फिल्म मा देखे जस्तो ठुला ठुला गगनचुम्बी भवन होलान भनेर कल्पना गरेको थिए तर ति त केबल ३-४ वटा भन्दा बढी रहेनछन। त्यै पनि दिन बित्दै थिए। पढाई पनि सुरु भयो, त्यही बीचमा जागिर खोज्न तिर पनि लागे। सुरुको कमाइ भनेको कंडेल परिवार को एबीउड फार्मेसीको गार्डन सफा गरे बापत कमाएको £२० थियो तर अन्त्य भने Westminster City Council भयो।  त्यही £२० बाट सुरु भयो मेरो युके जिबन। दिन बित्दै गए साथी भाई चिनिदै गए, र जिबन राम्रो सँग बित्न पनि थाल्यो, भगवान को कृपा भन्नु पर्छु त्यो दिन बाहेक आज सम्म त्यो काम गर्नु परेन, तर tei £२० ले मलाई मेरो बाटो पनि देखाइ दियो।

मलाई सहयोग गर्ने हरु धेरै नै भए तर पनि बिशेष योग्दान दिने हरुमा यम पन्थी, शंकर खरेल बिनु खरेल, दिनेश र सुसिला गौतम, फत्त थापा, राम श्रेष्ठ, सतिश पुलमी, गोपाल पौडेल,  र अरुण  थिए। अन्य साथी हरुले पनि माया गरे, तेस्को लागि सधैं आभारी हुने छु। यहाँहरुको माया र सहयोग मैले जिबन मा बिर्सने छैन, नयाँ देश नयाँ ठाउँ त्यस्मा पनि सहयोग हातहरु पाउन निकै गर्हो हुन्छ। १ कोठा मा सिमित हुने बसाइ, त्यही पनि खुशी नै थिए। युके मै बस्दा फ्रान्स, स्पेन, पोर्तुगल, स्विजरल्यान्ड, कुवेत, लगायत ८ मुलुक पनि घुम्न मौका पाए। युके कै पनि धेरै जसो ठाउँहरु देखे, धेरै कुरा बुझ्ने र सिक्ने अवसर पाए।  पैसा को महत्वो ठुलो भय पनि सबै थोक भने हैनछ भन्ने पनि बुझे।

आज सम्म भेटेका सबै घरबेटी राम्रै पाए। सबैले माया गरे, भाडामा “बस्नेहो” भन्ने जस्तो ब्यभार गरेनन। अन्त्य मा मैले चाहेर पनि भेट्न या फोन गर्न नपाएका सबैलाई एसै सुचना मार्फत बिदावारी हुन चाहन्छु। यहाँ हरु को जिबन सफल रहोस्, प्रगती होस्। जिबन मा  कही कतै अवस्य भेट होला नै।

जादा जादै यो गीत तपाईंहरुका लागि।