नेपाल सरकारले सकेको गर्ला या नगर्ला तर एस्तो बिपत्तिमा नेपालका कलाकारहरु जस्तै राजेश हमाल, दिपक राज गिरी, लगायत अन्य नयाँ तथा पुराना नायक, नायिका, गायक गायीकाको उपस्थिती खोइ? पत्रकारहरुले पनि उद्धारमा सहयोग गरेको खोइ, समाचार लेख्दैमा हुँदैन, समाचार खिच्न गाडी दगूडाउनु भन्दा त घाइते बोके सहयोग हुने थियो नि। देशका खेलाडीहरु खोइ, उध्योग पतीहरु खोइ, नेताका ईशारामा नाच्ने राजनीति दलका भात्री संगठनहरु खोइ। मधेसी मोर्चाहरु खोइ, जातिय राज्य मग्नेहरु खोइ, गुरुङ, नेवार, राइ लगायत अन्य बस्तीहरुमा गएको खोइ, सिन्धुपाल्चोक, काभ्रे, पाटन गोर्खा, लम्जुङ, धादिङ्, चितवन, आदी ठाउँहरुमा गएको खोइ,। बिभिन्न जातजातिका नेता भनिनेहरु खोइ, संघ संस्थाका मान्छेहरु खोइ, नेपाल यो संघ, नेपाल त्यो संघ, संघ नै संघ भएको देश मा उद्धार गर्ने बेला कहाँ लुके। अहिले नै हो को कस्तो भनेर चिन्ने, जनाताको मन जित्ने असल नेतानै हो भने यै हो बेला देखाउने। याद गर।

बिदेशबाट आएको सहयोग, कस्को भागमा कती भनेर भाग लगाउनमै ब्यस्त नेताहरुको त कुरै गर्न बेकार छ तेइपनि सबै नेताहरु लगायत ६०१ सभासदहरु पनि आफ्नो आफ्नो जिल्लामा गएर उद्धार गर्नु पर्छ, यदी कुनै जिल्लाहरुमा भुकम्पले क्षति पुर्यएको छैन अन्य प्रभावित क्षेत्रमा गएर उद्धार गर्नु पर्छ। रु १० पर्ने समान को रु १०० पर्दा पनि किन्न वाध्य छन जनता, महँगी किन रोक्दैन सरकार? ६०० को टिकेट पर्नेमा ४,००० तिरेर घर जादै छन जनता, नेतालाई भने गाउ जान सरकारी गाडी, हेलीकप्टर, बिमान चाहिने। सबैलाई सहज हुने सर्भसुलभ यातायातको ब्यबस्था किन गर्दैन सरकार? कतै यो सबैमा नि कमिसन कै खेलत होइन?
यो देशमा सबै काम पुलिस, आर्मीले मात्रै गर्ने होइन, जनताको करबाट पालिने जती सबैले उद्धार कार्यमा सहयोग गर्नु पर्छ।
हाल सम्म करिब ४ अर्ब रुपैयाँ लगायत ६०० बडी उद्धारकर्मी पुगेर सहयोग गर्न तमत्यार छन तर तिनिहरुलाई परिचालन गरेको खोइ। आधारभुत कुराहरु त पुर्याउन सकेन त्यै पनि उद्धारकर्मीहरु परिचालनत गर्न सकिन्छ नि। पैसा दिने राष्ट्रहरुका उद्धारकर्मीहरु लाई स्वागत गर्ने, पैसा नदिने राष्ट्रहरुलाई भने बिमानस्थल मै राख्ने, के हो यो?
नेपाली जनताले बाचुन्जेल त सुख पाएनन अब मरे पछी पनि अन्त्यस्टि गर्न काठ भएन,।

जवाफ चाहियो, नेपाल सरकार।