नेपालमा यस्तो बिपत पर्दा पनि नेपालका नेता भनौदाहरुले केही नबोल्दा सार्है दु:ख लाग्यो। जनता प्रती बफादार हुन्थे भने भूकम्प प्रभावित क्षेत्रहरुमा गएर उद्धारमा सहयोग गर्थे होला। कहाँ लुके नेताहरु?।भोट मात्र माग्ने होइन नेताजी जनताको दु:ख मा साथ पनि दिन सीकौ। कार्यकर्तालाई आदेश दिएर मात्र हुने केही होइन। अर्को दु:ख को कुरा देशमा यस्तो बिपत्ती पर्दा देशकै प्रधानमन्त्री भने थाइल्यान्डमा छन, नेपाल आउने बिमान नभएको भन्दै बाहना बनाएर उतै बसे। अरुबेला बिमाननै चार्टेर गरेर बिदेश जान हुने, देशमा पर्दा भने बाहनाबाजी गर्ने। एउटा बिमान चार्टर गरेर आउन पनि सकिन्थियो नि। अथवा थाइ सरकार सँग भनेको भए पनि एउटा बेबस्था त पक्कै गर्थे होला।

नेता बिरामी पर्दा बिदेश मा उपचार गराउन करोडौ पैसा मिलाउन सक्ने, प्रतेक सभासदलाई १-१ करोड दिन हुने, अनी यस्तो महा बिपत्तिमा भने जम्मा ५० करोडको कोष खडा गर्ने, अझ यस्मा पनि कती पैसा त उनैले खाने हुन। बिदेशिले दिन्छन भन्ने आश मात्रै गर्ने। तेत्र ६०१ को तलब कटाएर सहयोग कोश मा जम्मा गर्नु पर्छ पहिले। अरुको देशको प्रधानमन्त्रीले आफ्नै देश जस्तै गरी उद्धार कार्यमा पहल गरेका छन, आफ्नो देशको प्रधानमन्त्री लाई बिदेश घुम्दै ठीक्क छ।

हुन त नेता भएर नि हुने केही होइन झन काम मा बाधा मात्र, एउटा सिन्को भच्ने होइन भएर नि के फाईदा।

धन्न घाइेतेहरुको उपचार सरकारी खर्च हुने भएछ त्यती भए पनि एउटा राहत भयो।

जे भय पनि भारतका प्रधानमन्त्रीलाई मेरो सलाम, नेता भनेको एस्तो होस् न, न आफ्नो न अरुको, सेवा जोस्को भये पनि गरेकै छन। बिदेशी नेताहरुले पनि सामाजिक सन्जाल मार्फत दु:ख प्रकट गरेका छन, आफ्ना देशका नेताहरुको त अनुहार सम्म देखिएको छैन। हुन त यो समय नेतालाई गाली गर्न भन्दा नि सहयोग गर्ने बेला हो, तर तिनै नेताले यो कुरा पहिले सोचेर त्यै अनुसार सम्रचना बनएको भएको आज यती क्षती हुने थिएन।