केही समय अगाडि क्यानाडा सरकारले २०१५ देखी एक्स्प्रेस इन्ट्री अन्तर्गत क्यानाडामा स्थायी बसोबास भिसा (Permanent Residence) सुरु गर्ने भनेर क्यानाडा सरकारले आफ्नो अधिकारिक वेबसाईटमा सुचना प्रकाशित गरेको थियो।तर त्यसबारे केही तथ्यहरु जान्न जरुरी छ।

क्यानाडा सरकारले सुरु गर्ने यो  नयाँ खालको भिसा निती हो जसमा निबेदकले आफ्नो योग्यता, कामको अनुभव, अङ्रेजीमा दक्ष्यता, शीप तथा अन्य जानकारीहरु समेटेर अनलाइन मार्फत पहिले फारम क्यानाडा सरकारको अधिकारिक वेबसाईटमा बुझाउनु पर्ने हुन्छ। यस्तो निबेदनहरु संसार भरी बाट बुझाउन मिल्ने ब्यबस्था  गरिएको हुन्छ ताकी धेरै भन्दा धेरै निबेदकहरुले आफ्नो निबेदन बुझाउन सकुन र तिनै मध्य क्यानाडा सरकारले खोजे जस्तो मान्छेलाई छानेर भिसा प्रकृया अगाडि बडाउन निम्तो दिनेछ। निम्तो सबैले पाउछन भन्ने हुँदैन, सबै निबेदक हरुलाई अंकका आधार मा बरियता मा राखिन्छ, जोस्ले धेरै अंक पाउछ उस्को पालो छिटो आउछ।

अहिले यो भिसाबारे नेपालमा पनि खुबै हल्ला चलेको पनि छ। मैले सुने अनुसार धेरैको बुझाईमा यो निकै सजिलो भन्ने सुनेको छु, वास्तविकता के हो मलाई पनि थाहा छैन नत नेपालका परामर्स दाताहरुलाई नै।

तपाईं आँफै सक्षम भए नेपालका परामर्स दाताहरु माथि फजुल गर्न आवश्यक छैन। परामर्स दाताहरुले गरिदिने केही होइन, सबै गर्ने तपाईंले नै हो। यदी यो काम तपाईंले गर्न नसक्ने भए क्यानाडामा तपाईंलाई निकै गाह्रो पर्न सक्ने छ।

यो बिचार  लेख्ने बेला सम्ममा के आधारमा छनोट गर्ने भन्ने बारे क्यानाडा सरकारले कुनै पनि नियम निकालेको छैन त्यसैले मैले सजिलो गाह्रो बारे केही भन्न सक्ने अवस्था छैन। यस्तै खाले भिसा निती अहिले न्यूजिल्यान्डमा पनि छ।

के हो एन्ट्री एक्स्प्रेस?

बिगत केही बर्ष देखी क्यानाडा सरकारले तोकेको न्यूनतम अंक पुर्याएमा स्थायी बसोबास भिसा दिदै आइरहेको थियो, तर अब २०१५ बाट भने अंकका आधार मा नभइ निबेदकको योग्यता, कामको अनुभव, अङ्रेजीमा दक्ष्यता, शीप अनी क्यानाडामा माग भएको जागिर या पेसाका आधार मा अनी जागिर दिने संस्थाले खोजेको शिप र योग्यताका आधारमा निबेदनहरु हेरिन्छन। यस्ता निबेदनहरु रोजगारदाताहरु (employer), प्रान्तहरु (Province) र केन्द्र सरकार (Federal Government or Citizenship and Immigration Canada) अन्तर्गतका निकयहरुले पनि हेर्न मिल्ने ब्य्बस्था गरिएको हुन्छ र ति मध्य कसैलाई तपाईंको निबेदन राम्रो लागे र उनिहरुले खोजेको जस्तो भय उक्त संस्थाले स्थायी भिसा हाल्नका लागि आहवान् गर्ने छन र तपाईंले  २ महिना भित्र भिसाका लागि अन्लाईन निबेदन दिनु पर्ने छ। ।

तल दिएको चित्रमा यस्को बारे यसको बारे बिस्त्रित मा देखाइएको छ।

Image described below

Source- cic.gc.ca

Image described below

source: cic.gc.ca

भिसा सुल्क र अन्य मापदण्ड भने अझै सम्म प्रकाशित गरेको छैन। शायद डिसेम्बरको अन्तिम तिर या त जनवरीमा प्रकाशित गर्छन् होला।

सामान्यतया अहिले सम्मका मापदण्डहरुमा गएको १० बर्षमा न्यूनतम १ बर्ष सम्म आफुले पढेको या भिसा हाल्न लागेको पेसा/बिषयमा काम गरेको हुनु पर्ने, अङ्र्जी भाषा परीक्षण गरिने परिक्षा IELTS मा न्यूनतम ६.० ल्याउनु पर्ने या त फ्रेन्च जानेको को हुनु पर्ने (परिक्षा दिनु पर्ने र न्यूनतम ५ ल्याउनु पर्ने) , उमेर जती काम त्यती धेरै अंक आउने, सैक्षिक योग्यता पनि जती बदी त्यती धेरै अंक प्राप्त गर्न सकिने, र ३ महिना देखी पर्याप्त मात्रमा बैंक मा पैसा पनि हुनु पर्ने आदी थियो र त्यसै आधारमा २०१३ मा मात्रै बिस्व भरीबाट २६०,००० जनाले स्थायी बसोबास भिसा प्राप्त गरे। नेपालबाट पनि  २०१३ मा १३०८ जनाले प्राप्त गरेका थिए (परिवार बाहेक) श्रोत: क्यानाडा सरकारको वेबसाईट

यो भिसा को लागि के के गर्नु पर्छ?

अहिले नै यो त्यो भन्न सकिन्न, प्रकृया, मापडन्दहरुका बारे केही खुलाइएको छैन, सुचना प्राप्त हुना साथ यो वेबसाईटमा पनि लेख्ने छु।

तर सजिलो को लागि १-२-३ मा यस प्रकार छन ।

१) एक्स्प्रेस एन्ट्रीमा विवरणहरु भर्ने।
२) जबबैंकमा (Job Bank)  आफ्नो विवरण भर्ने अनी जागिर खोज्न सुरु गर्ने, यस्तो गर्नाले आफु स्थान माथि पुग्ने गर्छ अनी धेरै अंक आयो भने भिसा हल्नकालाई निम्तो (Invitation to Apply) आउने सम्भावना बडि हुन्छ। तपाईंको स्थान तपाईंले पाउने अंकका आधार मा निर्धारणा हुने छ। 
३) निम्तो आए पछी एक्स्प्रेस एन्ट्री भिसा हाल्ने।

तर मुख्य कुरा अन्लाईनमा आफ्नो विवरण भर्दै मा निम्तो पाइने भन्ने हुन्न र अंक धेरै ल्याउदै मा ग्यारेन्टी भिसा पाईन्छ भन्ने हुन्न, तपाईं क्यानाडामा राम्रो सँग बस्न सक्नु हुन्छ भन्ने विश्वाश दिलाउनु पर्ने हुन्छ।

तपाईंको विवरण १ बर्ष सम्म मात्र रहन्छ। यदी यो समय भित्र मा निम्तो आएन भने, तपाईंले फेरी अर्को नयाँ विवरण भर्नु पर्ने हुन्छ।

एक्स्प्रेस एन्ट्री मार्फत यो पटक कती जना मागेको  छ या लैजान्छ?

यो पटक करीब २६०,००० देखी २८५,००० सम्मलाई भिसा दिने लक्ष्य लिएको छ। तर यो संख्या आप्रवास कार्यक्रमहरु अनुसार भिभाजन् गरिने छ। जस्तै दक्ष कमदार (Skilled Worker), अभिभावक कोटा (Parents Sponsorship), क्यानाडामै बस्ने अनुभवी ब्यक्ती ( Canadian Experience Class), प्रान्त अन्तर्गतका आप्रवास कार्यक्रमहरु (Provincial Nominee Program) आदी ।

यो प्रकिया सजिलो छ जस्ले पनि निबेदन दिन मिल्छ भन्ने सुनिन्छ? 

यस बारे पनि अहिले नै भन्न सक्ने अवस्था छैन, तर तथ्य के हो भने आज सम्म क्यानाडा सरकारका आप्रवास कार्यक्रमहरु सजिला थिएनन, केही न केही कुराहरुमा गार्हो नै थियो। जस्तै: अङ्रेजी भाषामा सबै ब्यन्डहरुमा न्यूनतम छ ल्याउन पनि मुस्किल नै पर्न सक्छ, अथवा क्यानाडा सरकारले निर्धारणा गरेका पेसाहरु निकै कम अनी सिमित कोटा भएकोले पनि सबैले भिसा हाल्न सक्ने थिएनन। हुन त कतिपए प्रान्तहरुको आफ्नै आप्रवास कार्यक्रमहरु पनि थिए र केही सजिला पनि थिए तर गएको २-३ बर्ष देखी त्यस्ता खलका सबै कार्यक्रमहरु बन्द भएका छन।

यो भिसा प्रकिया कती लामो हुन सक्छ?
यो तपाईंमा पनि भर पर्ने कुरा हो, तपाईंले पाउने अंकका आधारमा तपाईंको स्थान निर्धारणा हुने गर्छ। यदी तपाईंले जागिर पएको खन्द मा या त प्रान्तहरुले तपाईंको निबेदन मा रुची देखाएर “हुन्छ” भनेमा छिटो पनि हुन सक्छ। निम्तो पाए पछी भने 6-8 महिना भित्र मा भिसा पाउन सकिन्छ।

केही उदाहरणहरु:
१) म नेपालमा ईन्जिनियर भएर काम गरेको १० बर्ष भयो, अङ्रेजी पनि राम्रो छ, छ भन्दा बडि ल्याउन सक्छु IELTS मा, श्रीमान श्रीमतीले पनि पढेको छ, के मेरो सम्भावना बलियो छ?

-तपाईंको सम्भावना बलियो छ। आफ्नो स्थान अगाडि ल्याउन या बलियो बनाउनका लागि जबबैंक मा जागिर खोजे उपयुक्त हुन्छ।

२) मैले +२ मात्र गरेको छु, पेसा केही पनि छैन, अङ्रेजी राम्रै छ। के मेरो सम्भावना बलियो छ?

तपाईं जस्तै धेरैले निबेदन दिन्छन, तेसैले तपाईंको स्थान कहाँ हुन्छ भन्ने मा भर पर्छ। तर यदी क्यानाडा बाट जागिरको अफर आयो भने स्थान केही माथि हुन्छ सक्छ।

३) पढ्न मास्टर्स गरेको छु, तर पेसागत काम गरेको छैन, बाँकी कुरा राम्रो छ? के मेरो सम्भावना बलियो छ?

-अहिले नै भनी हाल्ने स्थिती छैन, के के आधार मा अंक निर्धारणा गर्छ त्यसमै भर पर्छ। तर उमेर, पढाई, अङ्रेजीमा दखल राम्रो भएकोले केही सम्भावना भने पक्कै छ। आफ्नो स्थान अगाडि ल्याउन या बलियो बनाउनका लागि जबबैंक मा जागिर खोजे उपयुक्त हुन्छ।

थप जानकारीको लागि वेबसाईट हेदै गर्नु होला।  

धन्यवाद तथा शुभकामना । 

English Version

Since past few weeks I am finding people posting on Facebook and talking about the immigration to Canada in 2015. All I hear is Oh! Canada is making easy for PR from 2015. But the big question is IS IT TRUE?

Well! I am not an Immigration Officer so i don’t have specific answer for that. But i can explain what is it Canada planning to implement next year. I have compiled the article based on the information provided on cic.gc.ca. I encourage all to read yourself, and let me know if there’s more i need to add.

Many people may be aware that Canada always seek talent, smart and skilled people to go there and contribute to their economy. So they have many immigration programs which provides the applicant with Permanent Residence. Among them Provincial Nominee Program (PNP), Federal Skilled Worker (FSW- Point Based) and Canadian Experience Class (CEC) are most common. From 1 January 2015 Citizenship and immigration Canada (CIC) is launching new immigration program known as Express Entry. It is very different than the programs in operations at the moment.

Note: To hire agents (representative from consultancy) is entirely up to you. It is not wise to spend money if you are capable to do yourself. The process is fairly easy and simple. You will also get help from government officials from time to time. If you can’t fill the form and wait for agents your life in Canada will be really hard as you wont have anybody to fill the forms for you.

Express Entry

What is Express entry?

It is a new electronic system where applicant submit their interest in the Pool. They need to explain about their skills, work experience, language ability, education, and other details. Those who meet the criteria of one of the federal economic immigration programs (Federal Skilled Worker Program or Federal Skilled Trades Program, and or Canadian Experience) Class  their application will be placed in a pool of candidates. There will be thousands of application in pool around the globe.

How many applications they will accept?

CIC hasn’t yet been confirmed how many applicant they process but the figures will be around 260,000 and 285,000 according to Government of Canada last week. However, the figures will be broken down according to the immigration programs.

How does this process work?

Image described below

source: cic.gc.ca

Step 1:

  1. Fill out your Express Entry profile
  2. Register with Job Bank and promote yourself
  3. Be accepted into the Express Entry Pool

Step 2:

  1. Receive an Invitation to Apply (ITA)
  2. Apply for permanent residence online

Who will get invitation to apply?

You will be given a score to determine your place in the Express Entry pool using a Comprehensive Ranking System that includes factors known to contribute to economic success (such as language, education, and work experience).

If you meet the criteria of one of the federal economic immigration programs subject to Express Entry, you will be placed in a pool of pre-screened candidates.

There will be regular draws of candidates from the Express Entry pool, inviting them to apply for permanent residence. Candidates with the highest scores, including those who have a valid job offer or a provincial/territorial nomination, will be invited to apply.

However, Express Entry candidates with a valid job offer or provincial/territorial nomination will quickly receive an Invitation to Apply (ITA) for permanent residence.

What if you didn’t get invitation to apply?

Candidates in the Express Entry pool who do not receive an Invitation to Apply for permanent residence after 12 months may resubmit their profile and re-enter the pool if they still meet the criteria.

How long does it take to get PR?

Citizenship and Immigration Canada will process the majority of complete permanent residence applications received within six months or less.

Anything else?

Express Entry will ensure that the candidates who are most likely to succeed economically – not simply those first in line – are able to immigrate to Canada.

 Examples

Please refer to Nepali version.

If you require more information please visit cic.gc.ca. Please keep visiting this website in future for updates on eligibility requirements.

Thank you and good luck.

Please comment below.