यो नितान्त मेरो आफ्नै भोगाइ हो र मेरो आफ्नो कथा हो। 

हुन त अहिले देश नै खाली भएको छ सबै जसो बिदेश गएर, धेरै जसो बैदेशिक रोजगारका लागि गएका छन त कोही पढ्न र केही मात्रामा बिदेशी ग्रीनकार्ड र पि.आर।

म पनि २००९ मा नेपाल छोडेर बिदेश आए पढ्न भनेर र अहिले सम्म पनि पढेको पढै छु। बिशेषगरी नेपालमा बस्नु हुने आमा बुवा अनी अन्य परिवारका सदस्यहरुको याद आउछ। प्राए जसो समय नहुने भएकोले कहिले काही त याद पनि आउँदैन तर बिशेष गरी चाडपर्बको बेला घरको याद भने निकै नै आउछ। आफुलाई पनि नरमाइलो घर परिवारलाई पनि त्यस्तै हुने। जब जब घर को याद आउछ दिमाग र मनको द्वोन्द नै चल्छ, मनले नेपाल जा भन्छ दिमागले होइन अब केही महिनाहो अनी जादा राम्रो हुन्छ पढेर पनि सकिन्छ आदी भन्छ। यस्तै मन र दिमागकै कुरा सुन्दा सुन्दा दिन रात बित्छ तर पनि मान्छे जहाँको तेही।

भर्खरै सकिएको दशै तिहारमा पनि नरमाइलो त लाग्यो नै तर पनि आफुले सक्ने जती रमाइलो गरेरै यो चाड मनाए। आफ्ना मान्छे हुँदा केही फरक भने हुदो रहेछ। नेपाल मै जस्तो रमाइलो गर्न नपाए पनि यहाँ पनि आफुले सक्दो मिले सम्म रमाइलो गरे। केही नभए पनि मामा घर छ बेला मौकामा जाने गरेको छु।

त्यसै गरी साथी अरुन उर्मिलाकोमा पनि गइ राखेको हुन्छु। बिदेश मा सबैको आफ्नै ब्यबस्था हुने भएकोले पनि मान्छेहरु चाहे अनुसार गर्न सक्दैनन। बिशेष गरी खाडी मुलुक मा बस्नु हुने साथी भाई इस्टमित्रहरुलाई समय निकाल्न निकै कठिन हुने अनी सबै जना भेला पनी हुन नसकीने अवस्था हुदो रहेछ। तर पनि आफु बस्ने घरका सदस्यहरु सँग मिलेर चाडपर्बमा भने रमाइलो गरेको हुन्छन। नेपालीहरु मिलेर बस्न सक्छन र पर्दा सहयोग पनि गर्ने हुन्छन।

समग्रमा भन्नु पर्दा चाडपर्ब भनेको सधैं आउने होइन, तर आएको बेला राम्रो सँग मन मस्तिक सबै बाट मनाउनु पर्दो रहेछ। मैले पनि यसपटकको दसैं र तिहार रमाइलो गरी मनाए। तपाईंहरुको पनि राम्रो भयो होला।