देशमा बाढी र पहिरोले बनायो बिगोज… 

यती बेला स्वदेशमा बाढी र पहिरोले जनजिवन प्रभावित बनाएको छ। केही समय अगाडि मात्र सुनकोशी पुरिएर १७५ बडीको मृत्‍यु भएको थियो भने सयौ सम्पर्कविहिन र विस्थापित भएका थिए। उक्त ठाउँ अहिले ताल बनेको छ, बजारमा सुनिए अनुसार त्यो ठाउँलाई ताल नै रहन दिने भन्ने पनि सुनियो। नेपाली सेनाले बिदेशी सहयोग भन्दा स्वोदेशी सिपले नै समस्या समाधान गर्ने भनेर २५ भन्दा बडी बम पड्कायो। हुन त त्यो घटना नेताहरु को नजर मा भने त्यती पुगेन बरु त्यो भन्दा केही दिन पछी ‘चरी’ भन्ने डन लाई पुलिसले मारेको झोकमा संसदभवन देखी प्रधानमत्री निवास सम्म उथल पहल भयो। ‘चरी’ले मरेर पनि उथलपुथल पर्‍यो तर राजधानीबाट १०० किमी परको सिन्धुपाल्चोकमा गएको पहिरोका बारे खसै बहस हुन सकेन। धन्न के झोक चलेछ उपप्रधानमन्त्री हेलिकप्टर चढेर भएपनी घटना स्थलसम्म पुगेर जनतालाई आश्वासन बाडी छोडे।

उक्त घटना सेलाउन नपाउदै अहिले देशका बिभिन्न ठाउँमा बाढी पहिरोले तहसनहस पारेको छ। गृहमन्त्रालयका अनुसार हालसम्म  जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, सुर्खेत, कैलाली, बाजुरा, डडेलधुरा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, उदयपुर, रौतहट,धनुषा, सर्लाही, महोत्तरी, सिराहा, धनुषा, महोत्तरी र सिन्धुली लगायत २२ जिल्लाहरु  प्रभावित भएका छन् भने ६० भन्दा बडीको ज्यान गइसकेको छ। अहिले सम्म सबै भन्दा बढी सुर्खेतमा सबै भन्दा बढी  २२ जना , दाङमा ८ जना , बाँकेमा २ जना , बर्दियामा ५ जना , रोल्पामा पहिरोमा परी २ जना , सल्यानमा १ जना , गोरखामा २ जना , रुकुममा ३ जना , कैलालीमा २ जना , चितवनमा २ जना , डडेलधुरामा ३ जना , सर्लाहीमा १ जना , मकवानपुरमा १ जना , ओखलढुंगामा २ जना  र कालिकोटमा १ जना गरी ६० भन्दा बढीले ज्यान गुमाएका छन् । सयौ बेपत्ता भएका छन। देशको स्थिती बिजोग छ। केही दिन देखी अबिरल बर्षाका कारण देशका २० भन्दा बढी जिल्लाहरुमा बाढी र पहिरो गएको हो। करोडौ धनमालको क्षती भएको छ, धेरैजनाको घर खेत बगाएको स्थिती छ।

Source: News Agency

Source: News Agency

Source: News Agency

आजै मौसम बिभागले जनाए अनुसार केही जिल्लाहरुमा अझै केही दिन लगातर पानी पर्ने सम्भावना छ। गृहमन्त्रालयले वर्षा नरोकिने भएकाले सतर्क अवस्थामा रहन र त्यसका लागि आवश्यक पूर्व तयारी गर्न अनुरोध गरेको छ। उता भारतलाई के गरौ कसो गरौ भएको छ, नेपाललाई सहयोग गर्ने भनेर घोषणा गर्‍यो रे नेपाल सरकार को अनुमती कुरेर बसेको छ रे। के नाटक होला, सहयोग नै गर्ने भए आए भइ हाल्यो नि।

बाढी पहिरोको निउ पारेर गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक पनि बस्न भ्याइ सकेछन। बैठकले घटनाबारे चौविसै घण्टा सूचना संकलन, समन्वय र सम्प्रेषण गर्ने व्यवस्थाका लागि केन्द्र र जिल्लामा कमाण्ड पोष्ट खडा गरी चौविसै घण्टा खोज, उद्धार र राहतका कार्यहरुको समन्वय गर्ने निर्णय गरेको छ रे खोइ के भनेको बुझ्न सकिएन, तर विपद् प्रभावितका लागि सहयोग गर्न चाहने ईच्छुक दाता, संघ संस्था वा व्यक्तिहरुले रकम जम्मा गर्न चाहेमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहात कोषको खातामा रकम जम्मा गर्न सक्ने भन्ने चाँही राम्रै सँग बुझे। अब कती जम्मा हुने हो कती वास्तबिक पीडितहरुका खर्च हुनेहो र कती पार्टी कार्यकर्तालाई त्यो भने हेर्नै बाँकी छ, हुन त त्यस्तो हिसाब किताब खासै कतै देखाउने चलन छैन।

बाढी पहिरोमा ज्यान गुमाउने सबैलाई मेरो  हार्दिक श्रद्धाञ्जलि। कृपया सतर्क रहनु होला अनी बेलइमा सकेको पूर्व तयारी गर्नु होला। आफु पनि बचौ सके अरुलाई पनि बचाउ। धन्यवाद।

सत्यराज र स्वरूपराज आचार्यले गाएको मेरो देश डुब्न लाग्यो माझि पठाइ देउ भन्ने गीत याद आयो। सुन्नलाई यहाँ क्लिक गर्नुहोस्