“यो मेरो ब्यक्तिगत बिचार हो, असहमती जनाउन पाउने अधिकार सबैलाई छ। ”

रमेश खरेल राम्रा ब्यक्ती हुन भन्ने कुरामा दुई मत छैन। पुरै देश बासिले उनलाई सम्मान पनि गर्छन्, म पनि एक हुँ। तर पनि अरुलाई आदर्श सिकाउनेले आफुले आफ्नो कर्तब्य, अनुशासन बिर्सनु  भने हुँदैन। अझ सरकारी सेवाको पनि प्रहरी भनेको निकै सम्बेदनशील कार्यक्षेत्र पनि हो। यहाँ अनुशासनको निकै कदर पनि हुन्छ अनी गलत गरे कारवाही पनि।

अहिले रमेश खरेल कारवाहिमा पर्नु को करण पनि उनकै केही दिन अगाडिको अभिबेक्ती हो। समाज सुधार गर्छु भन्ने निकै सम्मान योग्य काम हो तर पनि त्यस्को लागि प्रकृया हुन्छ। आफ्नै संगठनका मान्छेहरुको पर्दाफास गर्छु भनेर लागे तर त्यो कुरा गलत भयो। कि ता नाम नै तोकेर भन्नु पर्‍यो नत्र कानुनी प्रकृया मा समस्या को समाधान गर्नु उत्तम हुनेथियो। यो सबैलाई थाहा भएकै कुरा हो प्रहरीमा चरम भ्रस्टचार छ तर पनि बिस्तारै बिस्तारै ति सबै पर्दाफास भएर कानुनी प्रकृया गएका पनि छन।

उनलाई छुट पनि दिएकै हुन धेरै पटक तर पनि उनी धेरै मिडिया मुखी भए। उनले काम राम्रै गरेपनी उनी जस्तै काम गर्ने अरुपनी छन जो कहिले मिडियामा आएनन।

अनलाईनखबरमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका प्रेस संयोजक ले पनि खरेलका बारे धेरै नै लेखेका छन, सत्य होला नहोला तर उनले लेखेका केही कुरा भने मलाई मन पर्‍यो। “जागिर खाएको मान्छेले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने कुरा जागिर खाँदैमा तालिम पाएर सिकेको हुन्छ । कुरा सादा पोशाकधारी निजामति कर्मचारीको हैन, बर्दीवाल प्रहरी सेवाको अधिकृतको हो । ४५ फागुन १ गते सिपाहीमा भर्ना भएको मान्छेले ०७१ साल जेठ १० गते प्रहरी वरिष्ठ उपरीक्षकको दज्र्यानी चिह्न लगाएर उभिँदा दर्जा नै भूलेर बोल्न सुहाउँथ्यो ? अहिले त्यही बोल्न हुने नहुने कुरा बोलिदिँदाको परिणति प्रकट भएको हो ।”

खैर आफ्नो आफ्नो कुरा हो, मेरो शुभकामना छ उनलाई सधैं नेपाली जनताको मन जितुन र देश को लागि केही राम्रो काम गरुन तर आफ्नो मर्यदामा रहेर।