आजको नयाँ पत्रीका र सामाजिक सन्जालहरुमा बामदेवजीले सडकमा राखिएको डिभाइडरको डोरी नाघ्दै बाटो काटेको बारे धेरै देखियो।
हुन त उनलाई डिभाइडर किन राखिएको भन्ने अर्थ त थाहा छैन होला, झुक्किएर थाहा रैछ भने पनि तेत्रा ठुला बडा मान्छेलाई तेस्ता डोरी के नै हुन र। कस्ता कस्ता मै हु भन्नेलाई त ठेगान लगाएकालाई नाथे डोरी।

सामाजिक सन्जालहरुमा भेटिएको तस्बिर । कुकुर र बामदेवको तुलना गर्दा।

सामाजिक सन्जालहरुमा भेटिएको तस्बिर । कुकुर र बामदेवको तुलना गर्दा। Photo: Social Media

त्यो भन्दा पनि दु:ख त मलाई उनका सुरक्षाकर्मीहरुको पो लाग्यो त। बिचरा उनिहरु चाँही मर्यदामा रहनु पर्ने, जे पायो त्यो गर्न नपाईने, त्यै पनि जस्को सुरक्षा गर्न हिंडेको उस्कै मती बिग्रेपछी, उनिहरु पनि वाध्य हुने रइेछन मतीबिग्रेकाहरुको सिको गर्न।

अझ उनी त गृहमन्त्री परे, ट्राफिक नियम त गोजिमा बोकेर हिंड्ने मान्छे, उन्ले ट्राफिक नियम पालना गरे भने त देख्ने ले पनि कहाँ मान गर्लान र। शायद त्यसै भएर पो होकी डिभाइडरको डोरी नाघ्दै बाटो काटेर त्यो पनि उन्कै पार्टीको जुलुसमा भाग लिन गएका। फेरी जुलुस पनि के को रहेछ भन्दा त उही क्यात हाम्रा पहिले चुनाव हारेका  एमाले नेता कृष्णगोपाल श्रेष्ठको उम्मेदवारी दर्ता गर्न।

अब कुरा रह्यो उन्लाई कारवाही को। कोस्को बाउ को दम! जनतालाई भएको भए ठाउको ठाउँ जरिवाना देखी १० पटक सम्म उठबस गराउथे होला, अब मन्त्रिलाई कोस्ले भन्ने।
त्यै एउटा रमेश खरेल भन्ने प्रहरी थिए एक जना, उनले बरु केही नभए पनि ठाडो चुनौती दिन सक्थे, अब उनी पनि प्रहरी प्रमुख रहेनन।

२-३ दिन मिडियालाई के समाचार बनाउने भन्ने टेनसन पनि हट्यो, जनताहरु पनि सामाजिक सन्जाल्मै भएपनी रिश पोख्न  भए ।